Public Pana
चीनसँग भएको भैंसीको मासु निर्यात गर्ने सहमतिले व्यापार घाटा न्यूनीकरण गर्नेछ : प्रवक्ता सापकोटा

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनसँग भएको भैंसीको मासु निर्यातको सहमतिले देशको व्यापार घाटा न्युनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 
 
प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 
 
उनले भने, ‘भैंसीको मासु निर्यात गर्ने कुरा भएको छ। नेपाल कृषिप्रधान देश हो। त्यसमा पनि पशुको कुरा गर्दा भैंसीपालन नै हो। त्यो हाम्रा लागि प्रचुर सम्भावना छ । यसमा पनि सहमति भएको छ ।’
 
उनले यस विषयमा दूरगामी महत्व, खोज र अनुसन्धान गरेर उत्पादन बढाउनुपर्ने बताए । 
 
‘हामीले यसको दूरगामी महत्व, खोज अनुसन्धान गरेर उत्पादनलाई गुणात्मक ढंगले बढाउन सक्यौं भने हाम्रो व्यापार घाटा न्यूनिकरण गर्न धेरै महत्वपूर्ण भूमिका खेल्नेछ,’ उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले भने ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update