Public Pana
सुन तस्करी प्रकरण, सरकारद्वारा ४ सदस्यीय जाँचबुझ आयोग गठन

सरकारले सुन तस्करीबारे जाँचबुझ गर्न आयोग गठन गरेको छ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । 

आयोगको सदस्यमा किशोरङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन्।

आयोगलाई सुन तस्करी हुन नदिने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउन कार्यादेश दिइएको छ । आयोगलाई तीन महिनाको समय दिइएको छ । 
प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी प्रकरणवारे बिरोध गर्दै लामो समय संसद बैठक अवरोध गरेको थियो । लामो समय संसद ठप्प भएपछि प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने बताउनुभएको थियो ।

एमालेले सोही मुद्धालाई अघि सार्दे आजैदेखी फेरी संसद बैठक ठप्प पार्ने रणनीति बनाएपछि सरकारले हतार हतार बिहान दलको बैठकमा सहमति गराई संसद वैठक बस्नु अघि नै मन्त्रपरिषद् बैठक डाकेर आयोग गठनको निर्णय गरेको हो । 
असोज ५ मा आयोग बनाउने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन गएकोले आयोग गठनमा ढिलाइ भएको थियो।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update