Public Pana
एमाले कोशी प्रदेश उपाध्यक्षमा टीका चेम्जोङ सर्वसम्मत

नेकपा एमाले कोशी प्रदेश कमिटीको उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुने भएका छन् ।
 

उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत चुनिने भएका हुन् । 
अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धामा छन्। अब अध्यक्षसहित चार पदाधिकारीका लागि आज मतदान हुनेछ । 


सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन्।

यस्तै दुई उपसचिवका लागि भवीश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपाली प्रतिस्पर्धामा छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update