Public Pana
प्रधानमन्त्री निवासमा अध्यक्ष ओलीसहित एमाले नेताहरू

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि अध्यक्ष केपी शर्माओलीसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरू बालुवाटार पुगेका छन् । 
 

छलफलका लागि प्रधानमन्त्रीले बोलाएपछि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ । 
 

छलफलको विषय भने खुलाइएको छैन ।
 

साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएको भोलिपल्टै प्रधानमन्त्री प्रचण्डले एमाले नेताहरुलाई बालुवाटार बोलाएका हुन् । 
 

यसबीच एमालेकै मागअनुसार सुन प्रकरण अनुसन्धानका लागि उच्च स्तरीय समिति बनाउने सहमति राजनीतिक दलहरूबीच भए पनि निर्धारित मितिमा गठन हुन सकेको छैन ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update