Public Pana
आजपनि अधिकांश स्थानमा वर्षा  

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने भएको छ ।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update