Public Pana
मंगोलियामाथि कीर्तिमानी जीत निकालेको नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै

चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आज (आइतवार) माल्दिभ्ससँग भिड्दैछ ।  

नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

गत असोज १० गते नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको थियो । 

यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो । अब यो रेकर्ड नेपालको नाम आएको छ ।

योसँगै नेपाल र नेपाली खेलाडीले १० वटाभन्दा बढी कीर्तिमान बनाएका थिए ।

माल्दिभ्समाथि पनि नेपालले सहजै जीत निकाल्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update