Public Pana
स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने सजायको भागिदार

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई ३ वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । 

हिजो शनिबार राति भएको छ बुँदे सहमतिसँगै गत मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको हो ।

मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा कुटपिट भएपछि स्वास्थकर्मीहरुले सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।

गृह मन्त्रालयमा भएको वार्तामा सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्षभन्दा बढी सजायको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । सहमतिको तेस्रो नम्बरमा भनिएको छ, ‘‘यो लगायतका विषयमा कानुन संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्ताभित्र प्रक्रिया अगाडि बढाउने ।’ उल्लेख भएकाले चिकित्सक ढुक्क देखिएकाले कार्यमा फर्कने जनाएका छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update