Public Pana
सुर्खेतमा जिप पल्टिँदा यात्रुको अवस्था गम्भीर

सुर्खेतको वीरेन्द्रनगरमा गएराति जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन ्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
 

गए राति वीरेन्द्रनगर नगरपालिका– ४ लाँदेमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 

वीरेन्द्रनगरबाट सुर्खेतकै चिङ्गाड गाउँपालिका –२ को रानिवासतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
 

घाइते हुनेमा गाडी चालक चिङ्गाड गाउँपालिका–२ का २० वर्षीय कृष्ण खड्का, सोही ठाउँकी १५ वर्षीया इन्द्रा राना, २३ वर्षीया मिना जिसी, उनका छोरा वर्ष ८ का केशव राना रहेका छन् ।
 

त्यसैगरी सोही ठाउँ बस्ने वर्ष ३१ कि गङ्गा खत्री, वर्ष ३३ का नवीन खड्का, वर्ष ४० का नरबहादुर रोकाय, वर्ष २८ कि कौसिला बस्नेत र वर्ष ३३ का नर बहादुर खड्का पनि दुर्घटनामा घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।
 

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिए । उनीहरू सबैको उपचार माया नर्सिङ होममा भइरहेको छ ।

जीप अनियन्त्रित भएर सडकको दायाँ साइडदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update