Public Pana
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ज्ञापनपत्र

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) वर्तमान चौतर्फी संकटप्रति सचेत रहन ध्यानाकर्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

आज  शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले ज्ञापन पत्र बुझाउँदै सो ध्यानाकर्षण गराएको हो । 

अहिलेको संकटको गम्भीरताप्रति ध्यान दिँदै आवश्यक आर्थिक वित्तिय तथा मौद्रिक कदम चाल्न सो पार्टीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

‘देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुन सक्छ। त्यसैले अहिलेको सङ्कटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ । 

मुलुक आर्थिक मन्दीबाट आक्रान्त भएको हुँदा समाजमा निराशा, कुण्ठा अराजकता विस्तारित भएको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, चाडपर्वको मौका पारेर कालाबजारीहरूले मनपरी गर्न थालेको उल्लेख गर्दै यी समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 

pm-gyapam-1696083995.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update