Public Pana
दुबईबाट  आएको करिब ३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ केजी सुन बरामद भएको छ । 
 

विमानस्थलको आगमन कक्षमा चेकजाँच गर्ने क्रममा २.७ केजी सुन बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ । 
 

फ्लाइ दुबईको जहाजबाट आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो । 
प्रहरीका अनुसार बरामद भएको उक्त सुन र ती महिलालाई विमानस्थल भन्सार कार्यलयमा बुझाइएको छ ।  

 

यसबारे थप अनुसन्धान अघि बढेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update