Public Pana
पाकिस्तानलाई हरायो भारतले अनि बन्यो तेस्रोपटक साफ यू–१९ को च्याम्पियन

साफ–यू १९ च्याम्पियनसिपको उपाधि भारतले हात पारेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले  हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।

यसअघि सन् २०१९ र २०२२  मा पनि भारत च्याम्पियन बनेको थियो । 
भारतलाई जित दिलाउन सुरुवाती दुवै गोल मागेथाङ किपगेनले गरे। अर्को गोल गोगोसर गोएरीले गरेका  थिए ।

 

पहिलो गोल ६४ औं मिनेटमा गरेका उनले अर्को गोल ८५ औं मिनेटमा फ्रिकिकमार्फत भएको हो। गोगसरले इन्जुरी समयमा तेस्रो गोलल गरेका थिए । 

यी दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए। भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो ।
पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो ।

भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update