Public Pana
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता 

सरकार र आन्दोलनरत चिकित्सकहरूबीच वार्ता शुरु भएको छ । 

शनिबार अपरान्ह ४ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता शुरु भएको हो ।
 

अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमणका घटनाहरू बढेसँगै स्वास्थ्यकर्मीहरू झण्डै एक सातादेखि आन्दोलनमा छन् । 
 

सरकारले उनीहरूलाई बिहीबार वार्तामा समेत बोलाएको थियो ।
 

तर आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । 
 

पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update