Public Pana
मीनबहादुरलाई समर्थन गर्दै राजबहादुर र प्रेमले लिए अध्यक्षको उम्मेदवारी फिर्ता

नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष पदका उम्मेदवार राजबहादुर बुढा र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । 
 

दुवै नेताले अध्यक्षमा मीनबहादुर शाहीलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । 
 

अब अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोछका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ । 
 

यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाही उम्मेदवार छन् । 
 

यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सिचवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दे उम्मेदवारी फिर्ता गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update