Public Pana
उषा  बालवाटिका स्कूलका ८ वर्षीय बालक होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला

सुर्खेतको वीरेन्द्रनगरको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका छन् ।


वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उक्त विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक मृत भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका १ का सलाम पुलामी मगर हुन् ।


उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । होस्टेलमा उनी शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका थिए ।


बालकको शव अहिलेसम्म उठाइएको छैन। आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् ।


आफन्तहरू आक्रोशित आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update