
आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनलाई गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार वृत्तपछि अनमोलले छाती दुखेको र श्वास फेर्न गाह्रो भएको भनेपछि उनलाई अस्पताल लगिएको हो ।
रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले किटानी जाहेरी दिएपछि उनलाई हिजो शुक्रबार पक्राउ गरिएको थियो ।
ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले ‘जानकारी दिए ।
‘निर्माण पक्षको एक करोड ५ लाखभन्दा बढी खर्च भइसकेको रहेछ, बुधवारबाट सुटिङ शुरु हुनु पर्ने भए पनि उनी निर्माण पक्षको सम्पर्कमा नआएपछि जाहेरी परेको थियो । त्यसपछि पक्राउ गरिएको हो’ उनले भने, ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि उहाँ आउनुभएन । त्यसपछि पक्राउ गरिएको हो ।’
केसीले फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ लिएका निर्माण पक्षले जनाएको छ । तर उनले फिल्म खेल्न नमानेका निर्माण पक्षको दाबी छ ।
रावायण सुदर्शन थापा प्रोडक्सनले निर्माण गर्न लागेको चलचित्र हो ।