Public Pana
एमाले कर्णाली अधिवेशनमा आज निर्वाचन

नेकपा एमालेको कर्णाली प्रदेश नेतृत्व चयनका लागि आज शनिबार निर्वाचन हुँदैछ ।
 

हिजो शुक्रबार सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरू हुनेछ। मतदान प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालय सुर्खेतमा हुने बताइएको छ ।
 

एमालेको कर्णाली प्रदेशको नेतृत्व लिन पाँच जनाले उम्मेदवारी दिएका छन् ।
यामलाल कँडेलको टिमबाट सल्यानका गुलावजंग शाह, गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

 

यस्तै कर्णालीका पूर्वसभामुख राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
 

उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ ।
 

सचिवमा रूद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवकुमार शाहीको उम्मेदवारी परेको छ ।
उपसचिवतर्फ समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ ।

 

खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ ।
 

यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ ।
 

अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचवि शंकर पोखरेलले कर्णालीको अध्यक्ष सर्वसम्मत टुंग्याउन निर्देशन दिएका थिए ।
 

तर सहमति नभएपछि निर्वाचनबाटै प्रदेश कमिटी चयन हुने भएको छ। निर्वाचन कमिटीले आज बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
 

अध्यक्षमा कालीकोटका मिनबहादुर शाहीलाई पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ। उनले शाहीको नाम सर्वसम्मतिले टुंग्याउन निर्देशन दिएका थिए ।
 

शाही प्रदेशबाट स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका नेता हुन्। प्रदेशबाटै अर्का स्थायी कमिटी सदस्य यामलाल कँडेलले सल्यानका गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजेका छन् ।
 

यसअघि प्रदेश सभा सदस्य रहेका शाह पार्टीको केन्द्रीय सदस्य हुन । कर्णाली प्रदेश कमिटीका लागि निर्वाचन भएमा अध्यक्षका लागि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update