Public Pana
कोशि र मधेष प्रदेश सहित अधिकांश स्थानमा आज पनि वर्षा

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ ।

हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएको हो । 

आगामी ३-४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ । 

आज शनिबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update