२४ घण्टामा ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२८ संक्रमणमुक्त
नेपालमा २४ घण्टामा ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ८७६ पीसीआर परीक्षणमा ५३१ र २ हजार ५०७ एन्टीजेन परीक्षणमा ३२१ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा जम्मा ६ हजार ३८३ नमुना परीक्षण भएको थियो ।
२४ घण्टामा निको हुनेको संख्या ३२८ रहेको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ ।
२४ घण्टामा १ लाख ८९ हजार ७६७ जनाले खोप लगाएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ २०:२०
प्रतिक्रिया दिनुहोस्