Public Pana
एमाले बागमती अधिवेशन :  कैलाशको विजयसँगैको रौनकता - तस्बिरमा

नेकपा एमाले बागमती प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कैलाश ढुंगेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।

हिजो शुक्रबार मध्यराति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका छन् । 

ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् ।  

सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् । उनले ६१५ मत प्राप्त गरेका छन् भने  महिला उपसचिवमा भक्तकुमारी

लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् ।

त्यस्तै पुरुष तर्फको उपसचिवमा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन् ।

bag-31696035459.jpg 

bag-21696035442.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update