Public Pana

काठमाडौंमा जारी अण्डर नाइन्टीन साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि शनिबार भारत र पाकिस्तान भिड्ने भएका छन् । 


अण्डर नाइन्टीन साफ च्याम्पियनसिपको फाइनल शनिबार अपरान्ह त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा हुने छ । फाइनल अघि शुक्रबार रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरुले अनुभवका आधारमा राम्रो नजिता निकाल्ने दावी गरेका छन् । हरेक खेलमा टीमको फरक फरक रणनीति हुने र आवश्यक रणनीतिका आधारमा फाइनल खेल्ने दुवै टोलीको भनाइ छ ।


सेमिफाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराँउदै भारत फाइनलमा पुगेको हो ।

त्यस्तै सेमिफाइनलमा भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update