Public Pana

नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियानमा सहभागी हुनेलाई विदाई गरेको छ ।
 

आज शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको झण्डा हस्तान्तरण गरेर अभियानमा सहमति हुनेलाई विदाई गर्नुभएको हो ।
 

असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने अध्यक्ष नेपालले बताउनुभयो ।

उहाले अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डा जनतालाई सुनाउने तथा समृद्धि र समाजवादको कार्यक्रममा बहस गर्ने बताउनुभयो । 
 

एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ । त्यसअघि जनतामाझ जान समाजवादीले समाजवादी जागरण अभियानको आयोजना गरेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update