Public Pana

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । 


राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले उहाँको अनुपस्तिथिमा उहाँको परिवार लाई नगद रु एक लाख हस्तान्तरण गरेको हो । 


वाजागाजा सहित एक कार्यक्रमको आयोजना गरि सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद रु एक लाख जित्नुभएको हो ।


नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो ।


 यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । 


त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने डिश मिडिया नेटवर्कले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update