Public Pana
दोलखामा ४ केजी भेटिएकै ठाउँमा थप सुन भेटियो 

दोलखामा थप सुन फेला परेको छ। यसअघि ४ केजी सुन पक्राउ परेको ठाउँ बिगु गाउँपालिकामा थप तीन केजी सुन फेला परेपछि प्रहरीको टोली त्यसतर्फ जाँदैछ । 
 

जिल्ला प्रहरी कार्यालय दोलखाका नायब उपरीक्षक (डीएसपी) दीपक खड्काका अनुसार यसअघि पक्राउ परेकाकै बयानका आधारमा प्रहरीले थप सुन फेला पारेको हो ।

 
चारकिलो सुनसहित बिहीबार ५ जना पक्राउ परेका थिए ।

‘सोही ठाउँमा सुन फेला परेपछि अहिले हामी त्यहाँ जाँदैछौं,’ डीएसपी खड्काले भने । 
 

हिजो बिहीबार स्थानीय सीता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङले सुन तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सुरुमा सीता, पेम्बा र माधवलाई पक्राउ गरेको थियो । 


उनीहरूले दिएकै सूचनाका आधारमा सोही घरबाट अन्य सुन फेला परेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update