Public Pana

आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ । शुक्रबार सरकारका तर्फबा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, राज्यमन्त्री प्रमिला कुमारी र राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीबीच सहमति भएको हो । 

सहमतिसँगै आन्दोलनका सबै कार्यक्रमहरू स्थगित भएका छन् । 

संघीय संसद् सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघ देशभरका विद्यालयहरू बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । 

आन्दोलन जारी रहँदा महासंघले सरकारसँग गत असोज ५ गते सहमति गरेको थियो। महासंघ र सरकारबीच भएको उक्त सहमतिमा असन्तुष्टि राख्दै राहत शिक्षकहरूले पुनः आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको  थियो । 

राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने सहमतिमा असहमति जनाउँदै राहत शिक्षकहरू आन्दोलित भएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update