Public Pana
भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति

भारतको महाराष्ट्रस्थित नासिकमा रहेको एउटा घरमा स्मार्टफोन विष्फोट भएको छ । स्मार्टफोन र डिओडोरेन्टको क्यान विस्फोट हुँदा केही व्यक्ति घाइते हुनुका साथै बाहिर पार्क गरिएका कारहरुका झ्यालहरू समेत फुटेको उल्लेख गरिएको छ ।


सामान्यतया, यस्तो उपकरण विस्फोट हुँदा विस्फोट भएको क्षेत्र (इमिडियट एरिया) वा यसलाई बोक्ने व्यक्तिमा मात्र क्षति सीमित हुने गर्दछ । तर महाराष्ट्रको नासिकस्थित घरभित्र भएको यस स्मार्टफोन विष्फोटले भने धेरै प्रभाव पारेको उल्लेख गरिएको छ ।

भारतीय मिडिया एनडीटीभीकोरिपोर्टका अनुसार उक्त मोबाइल फोन विस्फोटमा परि घरभित्र रहेका तीन जना घाइते भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ ।


विस्फोटमा परि गम्भीर घाइते भएका ती व्यक्तिहरूको हाल हाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । साथै विस्फोट भएको उक्त ह्यान्डसेट कुन मोडल थियो भनी अहिले सम्म पनि स्पष्ट जानकारी उपलब्ध नभएको उल्लेख छ।त्यसैगरी यति ठूलो विस्फोटको कारण स्मार्टफोन मात्रै नभएको र डिओडोरेन्टको क्यान पनि उपकरणको नजिक भएकोले ठूलो विस्फोट हुन गएको जनाइएको छ ।


डिओडोरेन्ट हाईली फ्लेमेबल प्रोडक्ट (अत्यधिक ज्वलनशील उत्पादन) हुने गरेको र आगोको कुनै पनि सानो झिल्काको सम्पर्क वा स्पार्कले सम्भावित रूपमा विस्फोट निम्त्याउने गर्दछ। त्यसैले, चार्ज भइरहेको स्मार्टफोन विस्फोट हुँदा नजिकैको झ्यालका साथै घर बाहिरको झ्यालमा पनि क्षति पुगेको उल्लेख गरिएको छ ।


त्यसैगरी विष्फोटबाट घर वरिपरि पार्क गरिएका कारहरू पनि प्रभावित भएका छन् भने केही कारका झ्यालका सिसाहरू पनि फुटेका छन् ।

रिपोर्टमा साझा गरिएको तस्विरमा घरको झ्यालको सिसाहरू फुट्नुका साथै धातुको रेलिङ र फर्निचर समेत जलेको देखिने उल्लेख गरिएको छ । यस विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको उल्लेख छ ।

यद्यपी विष्फोटको सही कारण भने अहिले सम्म पनि खुल्न नआएको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update