Public Pana
रोटराक्ट क्लब अफ नेपालगंज मेडिकल कलेजद्वारा प्रोजेक्ट "पवित्र"को दोस्रो चरण समपन्न 

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजले सुर्याेदय माध्यमिक बिद्यालय   बैजनाथ , चिसापानी बाँकेमा प्रोजेक्ट "पवित्र" समपन्न गरेको छ। किशोर किशोरीहरुलाई महिनावारी सम्बन्धि ज्ञान दिने हेतुले  क्लबले उक्त कार्यक्रम गरेको क्लबका एक सदस्यले जानकारी दिनुभयो।

स्थापना देखिनै स्वास्थ्य शिविर , मानसिक परामर्श, खोप कार्यक्रम आदि आयोजना गर्दै आएको क्लबले यस पटक भने पश्चिम नेपाल र देशभरिनै प्रचलित रहेको महिनावारि सबन्धित कुप्रथाहरुको बारे छलफल गरेरै विद्यार्थीहरुलाई सम्झाउने जमर्को गरेको हो। उक्त कार्यक्रमबाट कक्षा ६ देखि १० सम्म पढ्ने झन्डै ५०० जना विद्यार्थीहरु लाभान्वित भएका छन्।

चिसापानी हेल्थ पोस्टको सहकार्यमा समपन्न कार्यक्रममा बोल्दै हेल्थ पोस्ट प्रमुख श्री प्रेम साह ज्युले क्लबले एकदमै राम्रो कामको थालनी गरेको र आगामी दिनहरुमा गर्नु पर्ने सम्पुर्ण सहयोग लागि हेल्थ पोस्ट सधैं क्लबको साथमा रहेको बताउनु भयो।

क्लबका अध्यक्ष रोटर्याक्टर सहरोज सिद्धकिको उपस्थितिमा समपन्न भएको कार्यक्रममा सहभागी किशोरीहरुले महिनावारीमा गर्नु पर्ने सरसफाइ, सेनिटरी प्याडको उचित प्रयोग र व्यवस्थापन, प्रजनन स्वास्थय, महिनावारीसंगै आउन सक्ने शारीरिक कमजोरी ,यसको व्यवस्थापनबारे र किशोरहरुले महिनावारीको समयमा दिदि, बहिनी, आमा, संगै पढ्ने साथिहरुलाई समेत कसरी सहयोग गर्न सकिन्छ भनेर सिक्ने मौका पाएका थिए।

"अब लुकेर हैन खुलेर बोलौँ" भन्ने नाराका साथ सुरु भएको कार्यक्रम करिब २०० किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेर समपन्न भएको थियो, कार्यक्रम संयोजक समीर यादवले भन्नुभयो।

प्रथम चरणमा दिप ज्योती विद्यालयमा समपन्न गरिएको प्रोजेक्ट "पवित्र"को यो भने दोस्रो चरण थियो।क्लबले आउने दिनहरूमा पनि यस्ता विभिन्न खालका कार्यक्रमहरु गर्ने र प्रोजेक्टलाई अझ विस्तार गर्ने बताएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update