Public Pana
कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने केपी ओलीको दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने बताउनुभएको छ । 

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले आफुहरु अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने अवस्थामा रहेको बताउनुभयो । उहाले प्रमुख पार्टीहरु जिम्मेवार हुँदा भने अर्को बिकल्प हुन सक्ने धारणा राख्नुभयो ।

ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको बताउनुभयो ।

त्यस्तै ओलीले कोशी प्रदेश मध्यावधिमा जान सक्ने अवस्था नरहेपछि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले भारी मत ल्याउने दावी गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनमा पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको भन्दै आफूले सके सर्वसम्मति नभए स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव मात्रै दिएको जिकिर गर्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update