Public Pana
विभिन्न स्थानमा चट्याङ्गसहित वर्षा आजको मौसम

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

देशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

आज राति भने कोशी र मधेस प्रदेश सहित देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update