Public Pana
एमाले बागमतीमा अझैसम्म भएन चुनाव : नेताहरूसँग संवाद गर्दै ओली

नेकपा एमाले बागमती प्रदेश कमिटी नेतृत्व चयन गर्न चुनावबाटै हुने निश्चित भएपछि त्यसलाई रोक्न अध्यक्ष केपी शर्मा ओलीले सक्रियता बढाएका छन् ।
 

पार्टी कार्यालय च्यासलमा ओली पुगेर सहमतीको लागि नेताहरुलाई निर्देशन दिएका छन् ।
एमाले बागमती प्रदेशको नेतृत्व लिन चार जना नेताले उम्मेदवारी दर्ता गरेका छन् ।

 

जसमा मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलास ढुंगेल, काठमाडौंका सानु श्रेष्ठ र केदारबहादुर बुढाथोकी छन् । केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । 
सहमति गर्नकै लागि बिहीबार विहान ८ बजेदेखि सुरु गर्ने भनिएको निर्वाचन अझैसम्म सुरु भएको छैन ।

 

अध्यक्ष मण्डलका सदस्य एवं स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार सहमति गर्नकै लागि निर्वाचन कार्यातालिका संशोधन गरिसकिएको छ ।

निर्वाचन अब भोली विहान मात्र हुने भएको छ । भोली ८ बजेलाई समय तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update