Public Pana

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताउनुभएको छ । 


सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सूचना आयोग र डिजिटल राइट्स नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले सहज रुपमा सूचना प्राप्त गर्ने अधिकारलाई बलियो बनाउन सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताउनुभएको हो ।


सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि यसलाई पूर्णरुपमा अनलाइनमा लैजाने प्रयासरत रहेको उहाले बताउनुभयो ।

उहाले संघीय निकायमा सूचना दिने अधिकारीको नियुक्ती प्रभावकारी भएपनि प्रदेश र स्थानीय तहमा केहि कम रहेको जानकारी दिनुभयो ।


कार्यक्रममा आयोगको सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका सार्वजनिक गरिएको थियो ।

सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार भन्ने नाराका साथ बिहीबार सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । 
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update