Public Pana

ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद मुस्तफाको १४९८ औं जन्मोत्सव अर्थात मोहम्मद डे नेपालगन्जमा धुमधामका साथ मनाइएको छ । 


इस्लामिक झण्डा र नेपालको झण्डा बोकेका इस्लाम धर्मालम्बीहरुले मोहम्मदी जुलूस निकाली सरकारकी आमद मरहबा नारा लगाउँदै नगरका विभिन्न भागको परिक्रमा गरि मोहम्मद डे धुमधामका साथ मनाइएको हो ।

नेपालगञ्जको वडा नम्बर ३ स्थित जामा मस्जिददेखि सुरु भएको मोहम्मदी जुलूस घोसीटोल, फत्तेवाल आँखा अस्पताल, डीएसपी रोड, एमपी स्कुल, रानी तलाउ, एकलैनी, त्रिभुवन चोक, वीपी चोक, धम्बाझी चोक, घरवारीटोल, न्यूरोड लगायत नगरको विभिन्न भागको परिक्रमा गरि गौसिया मस्जिदमा पुगेर समापन गरिएको छ ।


ईस्लामिक क्यालेण्डर अनुसार हिजरी सम्वतको तेस्रो महिना रविउल अव्वलको ११ तारीखको मध्यरातमा हजरत मोहम्मद मुस्तफा जन्मिएको खुस्यालीमा रविउल अव्वल महिनाको अरबी १ तारिख देखि १२ तारीख सम्म घर टोल र सडकहरुमा मदीना नामको झण्डा र झिलिमिली बत्ती लगायतले सजावट गरि मस्जिदहरुमा मिलाद फातीहा गराउने र घर–घरमा मिठो खाने कुराहरुमा फातिहा दिने चलन रहेकोे मुस्लिम अगुवाहरु बताउँछन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update