Public Pana
एमाले प्रदेश अधिवेशन– उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित, साँझ ६ बजे पछि मतदान शुरु 

एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहीबार बल्ल उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित भएको छ ।
 

हिजो बुधवार साँझ नै उम्मेदवारी मनोनयन भए पनि बिहीवार दिउँसो बल्ल निर्वाचन कमिटीले २४५ वटा पदमा परेको उम्मेदवारीको प्रारम्भिक विवरण प्रकाशित गरेको हो । 
 

यो सूचीउपर उजुरी, छानबिन, पुनःप्रकाशन, नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि साँझ ६ बजेबाट मतदान शुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मल्लले जानकारी दिए । 
 

यसअघि अध्यक्षमा उम्मेदवारी दिए पनि केशवराज पाण्डेको उम्मेदवारी दर्ता नभएको जानकारी मल्लले दिएका थिए ।
 

तर, निर्वाचन कमिटीले निकालेको प्रारम्भिक सूचीमा ३ नम्बरमा पाण्डे नाम छ । निर्वाचन अधिकृतले उनको नाममा हस्ताक्षर गरेर उम्मेदवारी कायम नहुने जनाएका छन् । 
 

‘चार जनाको मात्रै उम्मेदवारी परेको हो । केशव पाण्डेको नाम भुलवश आएको हो, त्यसैले यो सूचीमा उहाँको नाममाथि मैले नै हस्ताक्षर गरेको हुँ । अध्यक्षमा उहाँको उम्मेदवारी छैन’, मल्लले भने, ‘अब दाबीविरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि २÷३ घण्टापछि मतदान शुरू हुन्छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update