Public Pana
शेखर कोइराला र गगन थापाबीच वार्ता जारी

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ । 

पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आएका छन् । पार्टी संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने पार्टीले चुनावी तालिका सार्वजनिक गरेको केही घण्टामै दुई नेता छलफलमा जुटेका हुन् । 

सभापति शेरबहादुर देउवाइतर शेखर– गगन समूहका दुवै नेताले संसदीय दल आफू हुनुपर्ने बताउँदै आएका बेला छलफलमा बसेका हुन् । 

छलफलमा जुट्नुअघि सोमबार बिहानैबाट दुवै नेता अनौपचारिक रुपमा अन्य नेतासँग पनि छलफल गरेका थिए । गगनलाई अर्का  महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन जनाएका छन् । 

जारी छलफलमा सो समूहका अन्य नेताको पनि सहभागी छ । अहिले शेखर कोइरालाले आफ्नो विचार राखिरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update