Public Pana

नेकपा माओवादी केन्द्रले धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ । 
 

पार्टी कार्यालय पेरिसडाडामा आज बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले देशका बिभिन्न स्थानमा धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिने कार्य भएरहेकाले सामाजिक सद्भावलाई कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको हो ।
 

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिन नदिन समस्याहरुलाई समाधान गर्ने दिशातर्फ जानुपर्नेमा बैठकको जोड रहेको बताउनुभयो ।

प्रवक्ता सापकोटाले सामाजिक सद्भाव कायम राख्ने बिषयमा सवै पार्टी पङ्तीहरुले नेतृत्वदायि भूमिकाका साथ गम्भीर भएर सवैसंग छलफल गर्नुपर्ने बताउनुभयो । 
 

त्यस्तै बैठकमा बिद्यालय शिक्षा सम्बन्धी विधेयक र राहत शिक्षकको गुनासोको बिषयमा छलफल भएको र शिक्षकहरुको जायज मागलाई पुरा गर्न सम्बन्धीत पक्षसंग गहन रुपमा छलफल गर्नुपर्ने पार्टीको ठहर रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । 
 

उहाले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई प्रभावकारी बनाउने बारेमा पनि बैठकमा छलफल भएको जिकिर गर्नुभयो । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update