Public Pana
फाइबर मार्फत नेट चलाउनेको संख्या बढ्यो

नेपालमा अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या बढेको देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० जेठ मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार तार मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या बढेको देखिएको हो ।


प्राधिकरणको तथ्यांक अनुसार जेठसम्म इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड १७ लाख ६४ हजार ३५० पुगेको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणका अनुसार एउटा कनेक्सनबाट औसतमा ४.३७ ग्राहकले इन्टरनेट प्रयोग गर्छन । जेठसम्म इन्टरनेट कनेक्सन संख्या २६ लाख ९२ हजार ७४ रहेको छ ।


गत बैशाखकमा कनेक्सन संख्या २६ लाख ४७ हजार ३७९ रहेको थियो। यो भनेको इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ६९ हजार ४६ हो। बैशाखको तुलनामा जेठमा इन्टरनेट प्रयोग गर्नेको संख्या १ लाख ९५ हजार ३०४ अर्थात १.६८ प्रतिशतले बढेको छ ।


२०७९ चैतमा तारबाट इन्टरनेट चलाउने १ करोड १६ लाख ८३ हजार ६८ पुगेको थियो भने बैशाखमा भने प्रयोगकर्ताको संख्या घटेको प्राधिकरणको तथ्यांकमा देखिएको थियो ।


नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता वर्ल्डलिंक कम्युनिकेसन प्रालिको रहेको छ। वर्ल्डलिंक ३३ लाख ७७ हजार ८३० ग्राहक सहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update