Public Pana
दोलखाबाट ४ केजी सुन बरामद, ३ जना पक्राउ

नेपाल प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ

जिल्ला प्रहरी कार्यालय, दोलाखाका प्रमुख डीएसपी दीपक खड्काका अनुसार सुनजस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको हो । 
 

इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालयऽ दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
 

‘अहिले केही व्यक्ति पक्राउ परेका छन्, उनीहरूको संलग्नताको बारेमा पनि अनुसन्धान हुँदैछ,’ डीएसपी खड्काले भने 
 

चीनको तिब्बत र दोलखाको सीमाना फलेकहुँदै सो सुन सिंगटीमा ल्याएको पक्राउ परेका अभियुक्तले बताएको प्रहरीको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update