Public Pana
सर्लाहीमा युवतीको शव प्रहरीले प्रहरीले तत्काल दाह संस्कार गर्न दिएन 

सर्लाहीको रामनगरस्थित मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले २१ वर्षीया युवतीको शव बरामद गरेको छ ।

मनुषमारा घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि पक्राउ गरेको छ ।
 

रामनगर १ खैर्वा निवासी सुनिल साहकी पत्नी २१ वर्षीया मनिषा साहको शव बुधबार दिउँसो चितामा चढाएर जलाउन ठिक्क पारेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।
 

घाटबाटै प्रहरीले युवतीका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरेको छ। घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थि ए। मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ । 
 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डीएसपी पञ्जियारले बताए । 
 

घाटबाट उठाएको शव प्रहरीले पोष्टमार्टमका लागि बुधबार साँझ प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा लगेर राखेको छ । 
 

सर्लाहीकै कविलासी गाउँपालिका– ३ घर भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो । उनका माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आशंका गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update