Public Pana
एमाले वाग्मती अधिवेशन : आज मतदान हुँदै

अन्ततः सहमतिमा नेतृत्व चयन हुननसक्दा नेकपा (एमाले)को वाग्मती प्रदेशको अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । 
निर्वाचनमा अध्यक्षका लागि ५ जनाको उमेदवारी परेको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र काठमाडौंका सानुुकुमार श्रेष्ठ र नुवाकोटका केशवराज पाण्डे अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

उम्मेदवार बढी रहेको र अन्तिमसम्म सबैको उम्मेदवारी कायम रहेका नेताहरुले अनुमान लगाए भन्दा फरक नतिजा आउन सक्ने बारेमा पनि चर्चा सुरु भएको छ ।


यधपी रामेछापका ढुंगेल र मकवानपुरका दाहाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ । काठमाडौंका सानु श्रेष्ठ र नुवाकोटका निवर्तमान अध्यक्ष पाण्डेको उम्मेदवारीले चुनावी नतिजालाई रोचक बनाउने सम्भाबना बढेको एमाले नेताहरुको टिप्प्णी छ ।


रामेछापकै केशर भण्डारीको उम्मेदवारीले भने कैलाशलाई अप्ठ्यारो पार्नसक्ने बुझाईमा पनि एमालेका नेताहरु देखिएका छन् ।


अध्यक्षका लागि पाँचसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ जनाको उमेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उमेदवारी दिएका छन् ।


उपाध्यक्षका लागि दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उमेदवारी परेको छ ।
सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा। रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।


उपसचिवका लागि १२ जनाको उमेदवारी परेको छ । खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उमेदवारी दिएका छन् ।


अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update