Public Pana
सूचनामा विश्वव्यापी पहुँचको दिवस

आज अंग्रेजी सेप्टेम्बर महिनाको २८ तारिक अर्थात सूचनामा विश्वव्यापी पहुँचको दिवस।
आजको दिन नेपाल लगायत विश्वभर सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइन्छ।

 

दिवसका अवसरमा यस वर्ष सूचनामा यो दिवसमा सूचनाका माध्यमहरुमा आर्टिफिसियल इन्टलिजेन्स, अनलाइन डिजिटल माध्यम र पहुँचका बारेमा बहस गर्ने अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस को सन् २०२३ को नारा the importance of the online space for access to information तय रहेको छ ।सूचनामा पहुँचको महत्वलाई मान्यता दिँदै ७५ औं संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र संघस्तरमा सूचनामा विश्वव्यापी पहुँच को लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको हो ।
 

सन् २०३० सम्म सूचनाको पहुचलाई थप प्रभावकारी ढंले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियानमा युनेस्को कार्यरत छ ।

सूचनामा सबैको पहुँच भएमात्र मानव जातिको विकास सम्भव छ भन्ने सोचले सर्वप्रथम फिनल्याण्ड र स्विडेनले सन् १७६६ मा आफ्नो संविधानमा सूचनाको आदान प्रदान गर्ने भनि उल्लेख गरिएको थियो । यो युगान्तकारी परिवर्तन ल्याउने सोचले गर्दा नै अहिले संसारको कुना कन्दरामा भएका मानिसले चन्द्रमाको खबर थाहा पाएका छन्।

एकपटक कल्पना गर्नुहोस त, तपाइँ कुनै दिन सवेरै उठ्नु भयो तर तपाइँ समक्ष कुनै पनि किसिमको सूचना आइपुग्ने माध्यम नै छैन भने, कस्तो महसुस हुनेथ्यो। सूचनाले नै जोडेको छ संसार, बिना सूचनाको हामीलाई आफ्नो छिमेकीको घरमा के भैरहेको छ भनेर थाहा पाउन पनि मुस्किल हुनेछ। हामीलाई थुप्रै कुराहरु जान्न मन लाग्न सक्छ , कहिले मौसमको बारेमा , कहिले देश विदेशका समाचार र यो सबै बुझ्न पाउनु हाम्रो अधिकार हो ।
 

शिक्षा र विकासको लागि सूचना चाहिन्छ। सूचनाको पहुच विश्वब्यापी रुपमा भए , यसले विश्वभरीका सबैलाई एकै धागोमा बाध्न सक्छ ।
 

सूचनामा सबैको पहुँच भएमात्र मानव जातिको विकास सम्भव छ भन्ने सोचले सर्वप्रथम फिनल्याण्ड र स्विडेनले सन् १७६६ मा आफ्नो संविधानमा सूचनाको आदान प्रदान गर्ने भनि उल्लेख गरिएको थियो । यो युगान्तकारी परिवर्तन ल्याउने सोचले गर्दा नै अहिले संसारको कुना कन्दरामा भएका मानिसले चन्द्रमाको खबर थाहा पाएका छन् ।
 

सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिले हामि समान र पारदर्शी समाजमा बस्न सक्नेछौ। विशेषगरि शिक्षामा सबैको सरल पहुँच बनाउन र अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको समान पहुच हुन अति आवश्यक मानिन्छ । 
 

शिक्षामा सूचना प्रविधिको पहुच नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना पुरा नहुने निश्चित छ ।
अहिले नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सञ्चालनमा लगानी बढाउन, यस क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न आवश्यक रहेको बुझेर यसमा जोड दिइरहेको छ ।

 

आफ्नो क्षेत्रानुसार आजभोलि भन्ने गरिएको छ – आजको युग विज्ञानको युग हो, आजको युग प्रविधिको युग हो र आजको युग सूचना तथा सञ्चारको युग हो । विज्ञान, प्रविधि र सञ्चार एकापसमा भिन्न रहे पनि अन्तर्सम्बन्धित छन् ।

सबै विज्ञानकै देन हुन् भन्दा पनि फरक नपर्ला तर आजभन्दा हजारौं वर्ष पहिले रचना गरिएको गीतामा पनि विज्ञानको प्रसङ्ग रहेको छ । गीतामा पनि पहिलेको युगभन्दा त्यस युगलाई आधुनिक भनिएको छ । श्रीकृष्णले आधुनिक युग शब्दको प्रयोग गरेका छन् । यसरी आधुनिक शब्दले जहिले पनि वर्तमानको विज्ञान र चमत्कारको सन्दर्भलाई मात्र जनाउने रहेछ भन्ने बुझ्नु उचित हुन्छ ।

पहिलेकै जमाना पनि पहिलेको युगको लागि आधुनिक थियो र भविष्यमा भविष्य पनि इतिहास हुन्छ तथा भविष्य पुरातन कहलाउँछ ।

यसर्थ समयको गति अगाडि बढ्दै गर्दा बितेको समय पुरातन र वर्तमान समय जहिले पनि आधुनिक हुने कुरामा दुई मत छैन । हरेक जमानामा आधुनिक युगका आफ्नै विशेषता हुने तथा आफ्नै विशिष्टता हुने भइ नै हाल्यो । त्यसैले कतिपयले वर्तमान युगलाई अत्याधुनिक युग भन्न रुचाउँछन् ।

आधुनिकमा पनि आधुनिक वा अति आधुनिक बुझाउनलाई अत्याधुनिक शब्द प्रयोग भएको हुनुपर्छ । अत्याधुनिक युगका समर्थकहरूले आधुनिक उपकरण वा यन्त्रको प्रयोग भइरहँदा तथा राम्रो नतीजा दिइरहँदा पनि त्यसभन्दा अझ राम्रो परिणाम दिने वा फरक किसिमले नवीन प्रविधि आयो भने अत्याधुनिक मान्ने गरेको पाइन्छ ।

अत्याधुनिक भन्नु पनि सीमित समयको लागि हुन्छ किनभने त्यसभन्दा पनि आधुनिक आविष्कार भइरहेको हुन्छ वा भइसक्छ ।
नेपालको सन्दर्भ उल्लेख गर्नुपर्दा संविधानका केही धाराले व्यवस्था गरेको सूचनासम्बन्धी कानुनी प्रावधानलाई उद्धृत गर्नु आवश्यक हुन्छ ।

नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा २७ ले सूचनाको हकसम्बन्धी व्यवस्था गरेको छ ।

यो धाराले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update