Public Pana
आज विश्व रेबिज बिरुद्ध दिवस मनाइदै

रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ ।

उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेखित छ ।

रेविज लागेको अर्थात् रेविड जनावरहरुको र्यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।

सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । 


यस वर्षको ’रेविज विरुद्धको दिवस’को नारा जनचेतना, खोप र उन्मुलन भन्ने रहेको छ । तपाईं–हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु आवश्यक देखिन्छ । यसरी संसारभर रेविज रहित समाजको स्थापनार्थ एकताकालागि भेला हुने मान्छेहरु सबैजना तपाई–हामी जस्तै हुन् । 


यस वर्षको रेबिज दिवसको नारा All for One, One Health for all रहेको छ । सबैको स्वास्थमा एकरुपता र सबैको स्वास्थका लागि सबैजना भन्ने यस वर्षको उदेश्य हो ।


आज विश्वभरि रेबिज विरुद्धको दिवसको रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।

सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलाई अझै सहज रूपमा उपलब्धताकालागि सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन जरूरी छ । 
rabies  1695862409.jpg

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update