Public Pana
एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहाल सहित ५ जनाको उम्मेदवारी दर्ता

नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि ५जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनिहरु सहित बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा जारी बन्दसत्रमा अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

uml1695830945.jpg


 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update