Public Pana
अध्यक्षका लागि दाहाल र ढुंगेलले भरे मनोनयन फारम

सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि दुईजनाले उम्मेदवारी मनोनयन फारम भरेका छन् ।
 

रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले प्रस्तावक र समर्थकसहित फारम भरेर मनोनयन दर्ताको तयारी गरेका हुन् ।
 

दाहालको प्रस्तावकमा हिक्मत लामा र समर्थकमा देवकृष्ण विकल छन् ।
ढुंगेललाई भने आनन्दकुमार श्रेष्ठले प्रस्ताव र वचन देउजाले समर्थन गरेका छन् ।

 

अध्यक्ष बाहेकको पदमा सहमतिका लागि प्रयास भइरहेको नेताहरूले बताएका छन् । 
 

असोज ८ गते शुरू भएको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले भोली बिहीवार मतदान गर्ने कार्यक्रम छ ।
 

यसअघि लुम्बिनी प्रदेश कमिटी पनि मतदान प्रक्रियाबाट चयन भएका थिए ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update