Public Pana
कांग्रेस संखुवासभा सभापति दीपक खड्काको राजीनामा - पत्र सहित

नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवसभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् ।
 

कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा निर्वाचित खड्काले आज बुधबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् । 
 

गत मंसिरको चुनावमा नेकपा एमालेका नेता राजेन्द्र गौतमलाई हराउँदै प्रतिनिधिसभामा पनि विजयी खड्काले व्यस्तताका कारण पार्टीको जिल्ला नेतृत्व चलाउन नसक्ने जनाएका हुन् ।  
 

उनले आफू प्रतिनिधिसभाको पनि सदस्य भएकाले जिल्ला सभापतिका रुपमा काम गर्न नसक्ने जनाएका छन् ।

प्रतिनिधिसभामा व्यस्त हुनुपर्दा जिल्लाको पार्टी अभियानमा सहभागी हुन मुस्किल भएपछि सभापति पद त्याग्नुपरेको उनले जनाएका छन् । 

deepak-khadka-resign-1695810740.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update