Public Pana
भुटानलाई हराउँदै फाइनलमा पाकिस्तान

टाइब्रेकरमा भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 
 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार टाइब्रेकरमा ६–५ ले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो । 
 

समूह चरणको पहिलो खेलमा आयोजक नेपाललाई समेत हराएको पाकिस्तानले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । 
 

क्षत्रिन पेल्जामको प्रहार पाकिस्तानका गोलरक्षक शाहिल कुलले रोक्दा भुटान पहिलो पटक फाइनलमा पुग्नबाट चुक्यो । 
 

भुटानका किनजाङ तेन्जिङ, जिग्ने माम्गेल, रिनजिङ दोर्जी, युगेन दोर्जी, पेमा जाम्पोले गोल गरे। 
 

पाकिस्तानका मोहम्म्द अदिल युनास, शाह जहान, अलि जफान, खुर्सिद अलाम, मुहम्मद सदाम र कमिल अहमदले गोल गरे । 
 

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । 
 

खेल अवधिभर पाकिस्तानलाई दबाबमा राखेको भुटानले उत्कृष्ट अवसर सृजना गरे पनि गोल निकाल्न सकेन ।
 

पाकिस्तानले अब उपाधिका लागि नेपाल र भारतमध्यको खेलको विजेतासँग खेल्नेछन् ।
दोस्रो सेमिफाइनल खेल बुधबार नै साँझ दशरथ रंगशालामा हुँदैछ । 

 

फाइनल भिडन्त शनिबारलाई तय गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update