Public Pana
ओलीद्धारा उद्घाटन, एमाले कर्णाली प्रदेश अधिवेशन  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गरेका छन् ।
 

आज बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको अधिवेशन उद्घाटनको समय दिउँसो १ बजेलाई तय गरिएको भएपनि अध्यक्ष ओली निर्धारित समयमा पुग्न नसकेपछि ढीला सुरु भएको हो ।
 

अधिवेशनलाई महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
 

अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन्। जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन्। एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहनेछ ।
 

दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

uml-karnali_ ---1695809865.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update