Public Pana
शेयर बजारमा सन नेपाल लाइफको धेरै कारोबार

शेयरबजार १८.६० अंकले घटेको छ । आज बुधबार नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० विन्दुमा अडिएको छ। घटेको बजारमा कारोबार समेत खुम्चिएको हो ।
 

आज नेप्सेमा १ अर्ब ८१ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ३ करोडको कारोबार भएको थियो ।
 

बजार घट्दा ३४ कम्पनीको सेयरमूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ। त्यसैगरी ३ कम्पनीको सेयरमूल्य स्थिर नै छ ।
 

पछिल्लो समय मार्जिन प्रकृतीको सेयर धितो कर्जाको एकल ग्राहक सिमा संशोधन हुने भनिएसँगै बजार बढ्न थालेको थियो । तर, बुधबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैंठकले सो विषयमा  छलफल नगरेपछि बजारमा गिरावट आएको छ ।
 

आज मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९० प्रतिशतले बढेको छ । सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।

आज सन नेपाल लाइफइन्स्योरेन्सको ७ करोड ६२ लाखको कारोबार भएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update