Public Pana
एमसीसी प्रमुख अलब्राइट नेपाल आउँदै

अमेरिकाको वैदेशिक सहयोग एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलीस पी. अलब्राइट नेपाल आउने भएकी छन् ।

उनी यही असोज १४ गते देखि ५ दिने नेपाल भ्रमणमा आउन लागेको एमसीसी कार्यालयले जनाएको छ ।
गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।

अलब्राइट नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल असोज १४ गते पौने पाँच बजे कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ । 

असोज १८ गते दिउँसो सो टोली कतार हुँदै अमेरिका फर्कने छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update