Public Pana

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा फर्निचर एक्स्पो बुधबारबाट काठमाडौंमा भृकुटीमण्डपमा सुरु भएको छ । 
 

असोज १४ गतेसम्म ५ दिन चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेका छन् , जसमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिएको छ । 
 

एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नुभयो । सो क्रममा मन्त्री रिजालले फर्निचर निर्माण व्यवसायीको अरवौको लगानी हुँदा धेरै बस्तु बिदेशबाट आयात गर्नुपर्ने अवस्थालाई न्यूनिकरण गर्नुपर्ने बताउनुभयो । 
 

उहाले स्थानीय उत्पादनलाई प्रोत्साहन गरि निर्यातमा ध्यान दिनुपर्ने जिकिर गर्नुभयो । देशभित्रै प्रशस्त स्रोत हुँदा पनि बिदेशबाट काठजन्य वस्तु आयात गर्नु सुखद बिषय नभएको भन्दै उहाले स्वदेशी काठको प्रयोगमा सहजीकरण गर्न सरकारले आवश्यक कदम चाल्ने जिकिर गर्नुभयो । 
 

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिनुभयो ।

फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संघले सन् २०१२ देखि एक्स्पो आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update