Public Pana

काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ ।

प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ ।

कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

त्यस्तै कुमारी पूजा गर्दा उनीहरु रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरुको भनाई छ । प्रत्येक बर्ष इन्द्रजात्राको अघिल्लो दिन हुने कुमारी पूजालाई २० बर्ष भन्दा बढि समयदेखि निरन्रतता दिइएको कुमारी पूजा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले जानकारी दिनुभयो ।

कुमारीहरुलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update