Public Pana

सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिबाट असन्तुष्ट देशभरका राहत शिक्षकको आन्दोलन काठमाडौंमा आज बुधबार पनि जारी छ ।
 

एक साता बितिसक्दा पनि देशभरका राहत शिक्षकहरु पालैपालो काठमाडौंमा ओर्लिएर आन्दोलन गरिरहेका छन् । 
 

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले कहिले सिठ्ठी जुलुस्, कहिले सडकमै सुतेर प्रदर्शन त कहिले नाचगानसहित आन्दोलन जारी राखेका छन् । 
 

बुधबार पनि राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update